Birat Post बुधबार, माघ १६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्ने वताएका छन् । बुधबार कृष्णप्रसाद कोइराला सेवागुठी तथा सि.टि.इ.भि.टि को साझेदारीमा सञ्चालित शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकको २३ औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा वोल्दै डा.कोइरालाले यस्तो वताएका हुन् ।

उनले अहिले पनि राज्यले प्राविधिक शिक्षा दिने संस्थाहरुमा समुचित लगानी गर्न नसकेको वताए । उनले भने ,”सरकारको सहयोग विना यसखाले संस्था चल्न कठिन हुन्छ । जुन संस्थाको उदेश्य प्राप्तिमा पनि सफलता मिल्दैन ।” शैलजा आचार्यले त्यसवेला ग्रामिण वस्तिमा पोलिटेक्निक खोलेर बहुप्राविधिक शिक्षा दिन खोज्नु,गरिव ,अतिविपन्न परिवारका विद्यार्थी पढ्ने वातावरण वनाउनु आफैमा उदाहरणीय  भएको कोइरालाले बताए । वैचारिक ,शैक्षिक ,सामाजिक र राजनैतिक क्षेत्रमा शैलजा आचार्यले दिनुभएको योगदान अतुलनीय  रहेको उनको भनाइ थियो ।

यस्तै पूर्व मुख्यमन्त्री केदार कार्कीले शैलजा आचार्यले सोच्नु भएको दीर्घकालीन  सोचका कारण ग्रामिण क्षेत्रका विपन्न विद्यार्थीहरुले पनि प्राविधिक शिक्षा हासिल गरी रोजगार बन्न सफल भएको बताए । नेतृत्वले सहि निर्णय गरे भावी पुस्ताले पनि सेवा पाउदै जाने उनको भनाई थियो ।

त्यस्तै कोशी प्रदेशका सांसद गयानन्द मण्डलले शैलजा आचार्य पोलिटेक्निकले ग्राम बस्तिमा रहेर प्राविधिक शिक्षा पढ्न चाहनेहरुको सपना पूरा गरेको वताए । उनले पनि आचार्यको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रहसन गरेका थिए । उक्त अवसरमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान समेत गरिएको पोलिटेक्निकका प्रिन्सिपल सन्तवहादुर अधिकारीले जानकारी दिए ।

पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिका उपाध्यक्ष हना सुरेन,गुठीका कोषाध्यक्ष मोहनलाल महत्तो,गुठीका सदस्य विकास पराजुली,जवाहर लाल मण्डल,समाजसेवी पुनम कोइराला,ज्योती आचार्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल