Birat Post बुधबार, माघ १६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ माघ ।
उन्नाइसौं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवसको अवसरमा १०२ पटक रक्तदान गरेका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । मंगलबार उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका हुन् ।

नेपाल स्वयमसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर–७, देवकोटा चोकमा गरिएको कार्यक्रममा अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताउँदै एक सय भन्दा बढी पटक रक्तदान गर्ने श्रेष्ठको कार्यलाई पैशासँग तुलना गर्न नसकिने अमूल्य रहेको बताए ।

अधिवक्ता विनयराज पाण्डेले आफू पनि स्वयमसेवी रक्तदाता भएको बताउँदै रक्तदान गर्दा छुट्टै आनन्द आउने बताए । सम्मानित श्रेष्ठले आफूले रक्तदान गर्दाको अनुभूति सुनाएका थिए । सो अवसरमा अधिवक्ता राजकुमार राउत, समाजका अभियन्ता सुवोध निरौला, सन्तनु रेग्मी, शैलेश श्रेष्ठ लगायतले रक्तदानका बारेमा चर्चा गरेका थिए ।

रक्तदानका बारेमा चनचेतना प्रशस्त भई रक्तदाता पनि कमी नभएको अवस्थामा रक्तसञ्चारको कार्य गर्दै आएको रेडक्रसका सञ्चालकहरुको अक्रमण्यताको कारण रगत आवश्यक भएका विरामीले रगत अभावको सास्ती भोग्नु परिरहेको उनीहरुको गुनासो थियो । प्रत्येक वर्ष माघ १५ गते राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवस मनाइन्छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८१ पटक रक्तदान गरिसकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्छ : डा.शेखर कोइराला
न्यूरो अस्पतालमा एमडी र एमएसको पढाई सुरु
न्यूरो अस्पतालमा बोटुलिनम टक्सिन थेरापी सत्र सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल