Birat Post मंगलबार, माघ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ माघ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । औपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने भएपनि फुटबल खेल मंगलबारदेखि शुरु भएको छ ।

खेलसप्ताहमा महिला तथा पुरुष फुटबल, भलिबल, टेबल टेनिस, कवड्डीसहित पुरुष क्रिकेट, बाँस्केटबल तथा लामो तथा छोटो दुरीको दौड प्रतियोगिता जस्ता इभेन्ट्स हुने मोरङ अध्यक्ष अमित ढकालले जानकारी दिएका छन् । अध्यक्ष ढकालका अनुसार हिसानमा आबद्ध मोरङ जिल्लाका ३२ कलेजमा ११ र १२ कक्षा अध्ययनरत करिव १७ सय विद्यार्थी सहभागी गराईने छ ।

अध्यक्ष ढकालका अनुसार पुरुष फुटबलमा २२ वटा विद्यालय सहभागी हुनेछन् । फुटबलमा बेस्ट स्कोरर, किपर र प्लेयरका साथै २१ वटा प्लेयर अफ द म्याच दिइने भएको छ । त्यसैगरी १७ टिम सहभागी हुने भविबल खेलमा बेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १६ वटा प्लेयर अफ द म्याच दिने योजना रहेको छ । क्रिकेटमा १३ टिम सहभागी हुनेछन् । जसमा उत्कुष्ट बलर, ब्याटर प्लेयर अफ द सिरिज सहित १२ वटा प्लेयर अफ त म्याच समेत दिइनेछ ।

खेलकुद विधातर्फ फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलालाई ट्रफी र प्रमाणपत्र, बास्केटबलमा प्रथमलाई, लामो तथा छोटो दुरीको दौडका साथै टेवल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौंथो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष ढकालले बताए ।

खेल विधामध्ये क्रिकेट विराटनगर १९ स्थित क्रिकेट रंगशालामा, फुटबल शहीद रंगशालामा, भविबल, कवड्डी, बास्केटबल डिपिएस स्कूलमा र टेवल टेनिस कवर्ड हलमा आयोजना हुनेछ । खेल अवधीभर आयोजकले ३० लाख खर्च हुने अनुमान गरेको छ ।

मंगलबार भएको फुटबल खेलमा विराटनगरको अर्किड कलेजलाई वेलबारीको शिक्षा सन्देश कलेजले पेनाल्टी सु्टआउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेलको निणर्य पेनाल्टी सु्टआउटबाट भएको हो । खेलको प्लेयर अफ म्याच वेलबारीका गोरकिपर प्रशान्त न्यौपाने भए ।

सम्बन्धित

ताजा अपडेट
हिरो मोटरसाइकलको एक्सट्रिम सिरिजका दुई मोडलको ‘ग्राण्ड लन्चिङ’
हिसान मोरङले खेलसप्ताह आयोजना गर्दै, करिव १७ सय विद्यार्थी सहभागी गराईने
भारतको जोगबनी कस्टम क्लियरिङ् एजेन्ट एसोसिएसनको अध्यक्षमा रामबाबु यादव विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल