काठमान्डौ,२३ पुस । चीनले भूकम्पपछि पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको हो ।
नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले पर्यटनको सिजन नभएकाले हिमाल आरोहण र सगरमाथा आधार शिविरमा पर्यटक नै नरहेको जानकारी दिए ।