Birat Post बुधबार, पुष १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ पुस ।  नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य कृष्णप्रसाद सिटौलाले जनताको माझबाट गरिबी हटाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनबाट कोशी प्रदेशमा  निर्वाचित पत्रकारहरूलाई सम्मान कार्यक्रममा बोल्दै नेता सिटौलाले कांग्रेसले जनताको पक्षमा पर्याप्त काम गर्न आवश्यक रहेको बताएका हुन् ।

‘जनताको माझबाट गरिबी हटाउन कांग्रेसले सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘यसका निम्ति प्रेस जगतले झकझकाउनुपर्छ । कांग्रेस एकताबद्व भएर जनतामा भएका पीडा र दुःखलाई अंगालेर हिड्नुपर्छ ।’

उनले नेपाली जनताको पक्षमा काम गर्नका निम्ति जुन लक्ष्यमा पुग्नुपर्ने हो, त्यो बाँकी रहेको बताए ।

‘देशको विकासमा निजी स्वार्थ लागू गर्न हुँदैन । जनताका आर्थिक प्रगति, सामाजिक सद्वाभका निम्ति कांग्रेसले भूमिका खेल्नुपर्छ,’ पार्टीका पूर्व महामन्त्रीसमेत रहेका उनले भने, ‘आज देशमा जे जति काम भएका छन्, त्यो कांग्रेसकै कारण भएको हो । कांग्रेसकै नीतिका कारण काम भएको छ, तर, जति हुनुपर्ने हो त्यति काम भएको छैन ।’

सञ्चारकर्मीहरूले सरकारलाई पर्याप्त सूचना र समालोचना गर्नका निम्तिसमेत आवश्यक रहेको उनको भनाइ छ । ‘सञ्चार जगत कांग्रेसका लागि ऐना हो,’ उनी भन्छन्, ‘कांग्रेसको गन्तव्य र तपाईंहरूको गन्तव्य एउटै हो ।’

जनतालाई जनताकै अधिकारका निम्ति सञ्चार जगतले काम गरिरहेकोमा उनले प्रशंसा गरे । लोकतन्त्रको सबल पक्ष सञ्चार जगतलाई मानिने भएपनि राज्य भने आफ्नो प्रशंसा मात्र खोज्ने उनले बताए ।

‘राज्यले सधैँ आफ्नो प्रशंसा मात्रै चाहन्छ, आलोचना सुन्न सक्दैन,’ उनले थपे, ‘तर सञ्चार जगत आफ्नो निर्भयतामा रहेर उभियो भने सूचना प्रवाहमा रहने मानिसहरू आफ्नो लक्ष्यमा पुग्छन् ।’

कार्यक्रममा केन्द्रीय सदस्यहरू अमृत अर्याल, भीम पराजुली, राजीव ढुंगाना, डिला संग्रौला, पार्टी प्रदेश सभापति उद्धव थापालगायतले बोल्दै सञ्चार जगतले सत्तालाई खबरदारी गर्नुपर्ने र राम्रो कामको प्रचार गर्नुपर्ने बताएका थिए ।

कार्यक्रम नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक बाबुराम कोइराला (बासु)को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल