कौशल निरौला
विराटनगर,२१ मंसिर।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले भोली मंसिर २२ गते शनिबार विराटनगरमा गर्ने प्रथम प्रदेश सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलनमा सभापति शेरबहादुर देउवा सहभागी हुनेछन् । जसका लागि उनी विराटनगर आाइसकेका छन् ।
सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि नगर गाँउकार्यसमि सभापति, भातृ तथा शुभेच्छुक सस्थाका प्रमुखहरु सहभागी हुने कोशी कांग्रेसका प्रवक्ता यदु विष्टले जानकारी दिए। यसका लागि प्रदेशका सवै नेता तथा कार्यकर्ताहरु जिल्लावाट विराटनगर आउनेक्रम जारी छ ।
सम्मेलनमा प्रदेश समितिको दुई वर्षे कार्यकालको समिक्षा हुनेछ बताइएको छ । प्रदेश समितिले पुस १६ गतेदेखि सात महिने सांगठनिक अभियान पनि सञ्चालन गर्दै छ । यसका लागि पनि भेलामा छलफल हुने भएको छ ।