विराटनगर,१० मंसिर । भन्सार काटेर आएका ढुवानीका साधन आवागमनका क्रममा जिल्ला ट्राफिक कार्यालय मोरङले आतङ्क सिर्जना गरेको आरोप लागेको केही दिन वित्न नपाउदै समस्या सामाधनको माग सहित विराटनगर भन्सार एजेन्ट संघले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएका छन् ।
एजेन्ट संघले विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्केका गाडिहरुलाई रोकी ओभरलोड लगायतका विभिन्न कारण देखाउदै अनावश्यक जरिवाना काट्ने,केहीदिन सम्म सडकमै होल्ड गराउने सम्मका कार्य भएको भन्दै विरोध जनाएको छ । संघले सोमबार ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीमा पुगेर बुझाएको ज्ञापनपत्रमा ढुवानीका साधनको निर्बाध आवागमनमा सहजीकरण गरिदिन माग गरिएको छ । एजेन्ट संघका अध्यक्ष देवकी नन्दन शर्माको नेतृत्वमा गएको टोलीले विगतमा गृहमन्त्रालयबाट मिति २०७६।०२।०२ च.न२६४६ को पत्रबाट आवागमनमा अवरोध नगर्न गरिएको मन्त्री स्तरिय निर्णय अक्षरस कार्यान्वयन गर्न आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा भन्सार एजेन्ट संघका केन्द्रीय सचिव प्रविन जोशी,केन्द्रीय सदस्य दीक्षा पौडेल,जिल्ला सचिव अनिस खनाल,पूर्व केन्द्रीय सदस्य बासु खनाल लगायतको उपस्थिती रहेको थियो । ज्ञापन पत्र बुझाए संगै संघका केन्द्रीय सचिव प्रविन जोशीले यसखाले आतंक कायम रहे भन्सारवाट हुने सवैखाले कार्यहरु बन्द गर्ने चेतावनी दिए । उनले पछिल्लो समय ट्राफिक प्रहरीवाट भएको अनाबश्यक दु ख दिने कार्य रोकिनुपर्नेमा जोड दिए ।
अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुख राजन लम्साल छन् । जिल्लाको जिम्मेबारी सम्हालेको केहीदिन वित्न नपाउदै उनी विवादमा फसेका छन् । उनको कार्यशैलीको आलोचना जिल्ला हुदै प्रदेश सम्मनै पुगेको छ । गत ११ गते लम्सालले विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा ट्राफिक जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेका थिए । सो क्रममा तपाईहरु मलाई भेट्न आउनु हुन्न त ? भन्ने आसयको वक्तव्य राखेपछि एजेन्ट तथा सवारी चालकहरु मुखामुख गरेका थिए ।
यस्तो छ ज्ञापन पत्र