Birat Post मंगलबार, मंसिर ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

डि.पि ढुङ्गेल

रंगेली,४ मंसिर । रंगेली नगरपालिका मन्त्री टोलमा रहेको जय श्रीराम एग्रो फार्मस प्रालिले ड्रागन फल खेतीबाट राम्रो आम्दानी गरेको छ । तीन वर्ष अगाडि १० लाख ५० हजार लगानी गरेर दुई बिघा १० कठ्ठा जमिनमा खेती सुरु गरिएको खेतीले राम्रो आम्दानी दिन थालेको छ । १५ सय पोलमा यसलाई लगाईको छ ।

फार्मसका सञ्चालक सदस्य तीर्थराज घिमिरेले उपभोक्ताले माग गरेअनुसार सस्तोमा ड्रागनफल बिक्री गरिरहेको जानकारी दिए । उनका अनुसार तीन वर्गमा विभाजित फल उत्कृष्ट वर्गको प्रति केजी रु ३ सय, मध्यम वर्गको प्रतिकेजी रु २०० र निम्न वर्गको प्रति केजी रु १००का दरले उपभोक्तालाई बिक्री गरिरहेको जानकारी दिए।

चालु सिजनमा मात्र ४५०० केजी ड्रागन उत्पादन भएको र बिक्री भएको उनले बताए । उत्पादित फल विराटनगर इटहरी बेलबारी पथरी उर्लाबारी रंगेली लगायतका क्षेत्रहरूबाट उपभोक्ताहरु आएर गुणस्तरीय फल किनेर लैजाने गरेको उनले बताए । अहिलेसम्म थोक विक्रेतालाई बिक्री नगरिएको उनले जानकारी दिए। आगामी वर्ष चौथो हुने भएकाले चौथो वर्षमै लगानी सबै उठिसक्ने त्यसपश्चात पाँचौं वर्षदेखि नाफा हुने उनले सोच राखेका रहेछन् । मेहनत अनुसार राम्रो आम्दानी हुने उनले बताए।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल