Birat Post सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ कार्तिक । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । सरकारीस्तर र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताउँदै मेयर कोइरालाले तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको जिकिर गर्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेस र जिलाफको संयुक्त आयोजनामा भएको जीवन उपयोगी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहनुभएका कोइरालाले जीवन उपयोगी तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘विराटनगर महानगरपालिकासहित सबै स्थानीय तह र अन्य संघसंस्थाले विभिन्न तालिम दिने गरेका छन्,’ कोइरालाले भन्नुभयो, ‘मलाई लाग्छ हरेक व्यक्तिले तालिम लिइसकेको हुनुपर्ने हो । तर तालिम लिइसकेपछिको उपलब्धि भने एकदमै कम हुनु गरेको छ ।’
सीप सिक्दा जीवनमा कुनै न कुनै दिन काम लाग्ने उहाँको भनाइ थियो ।

उहाँले महानगरपालिकाले पनि जीवन उपयोगी विभिन्न तालिम दिने गरेको जानकारी दिनुभयो । कार्यक्रममा ट्रेड युनियन कांग्रेसका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महासचिव अजयकुमार राई, उपमहासचिव देवदत्त बडु, रुक्मिणी थापा, मोरङ अध्यक्ष सुशील कोइराला, सचिव मदन बराल, जिलाफ नेपालका प्रतिनिधि लक्ष्मण शाहीलगायतले जीवन उपयोग तालिमको महत्व र उपादेयताका विषयमा प्रकाश पार्नुभएको थियो । तालिममा मोरङका विभिन्न स्थानका ५० जना सहभागी भएको जिल्ला अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल