विराटनगर,२२ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले छठ पर्वको अवसरमा २७औं पटक दण्डप्रणाम यात्रा गरेका छन् । वैदिक सनातन हिन्दू राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि पराजुलीले २७औं पटकको दण्डप्रणाम यात्रा गरेको वताएका छन् ।
विराटनगर–३ पोखरीया ठूलो मिल स्थित राधाकृष्ण शिव पञ्चायन मन्दिरबाट परोपकार घाट पूजा स्थल सम्म झण्डै अढाइ किलोमिटरको दूरी तय गर्दै पराजुलीले २७औं पटक दण्डप्रणाम यात्रा सम्पन्न गरेका हुन् । यस क्रममा पराजुलीले साढे ५ घण्टाको दूरी पार गरेर अस्ताउँदो सूर्यलाई अर्घ दिएको पराजुलीका स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले जानकारी दिए ।
यसपटक बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिए पछि छठ पर्व सम्पन्न हुनेछ । यसका अलावा पराजुलीको घरमा सदाझै यसपटक पनि शुक्रबार प्रसाद वितरण कार्यक्रम राखिएको पराजुलीको सचिवालयले जनाएको छ ।