Birat Post सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ कार्तिक । नेपालमै विश्वस्तरीय टाइल उत्पादन शुरु भएपछि भारतलगायत विदेशी ब्राण्डका टाइलको बजार खुम्चिन थालेको छ। एक दशकको लामो तयारी र अध्ययनपछि सुनसरीको सोनापुरमा स्थापित अरिहन्त इन्फ्रा प्रालिले निमाटो ब्राण्डमा टाइल उत्पादन गरिरहेको छ। कोभिड १९ को लकडाउनपछि कारखाना निर्माण शुरु गरिएको यो उद्योगले टाइल उत्पादन थाल्नुअघि भारत र अन्य देशका प्रख्यात टाइल उद्योगहरूको अध्ययन, परीक्षण तथा नमूना परीक्षण गरेको थियो।

बुवा गिरीश र काका पारस लुनियाँको मार्गदर्शनमा युवा उद्यमी जयेश लुनियाँले यो उद्योगको सञ्चालन गरिरहेका छन्। ३०० करोड लगानीमा स्थापित यो उद्योगले दैनिक १८ हजार वर्गमिटर टाइल उत्पादन गरिरहेको छ। इटालियन प्रविधि र विश्वप्रख्यात उपकरणहरू प्रयोग गरिएको यस उद्योगमा भारतका प्रख्यात टाइल कम्पनीहरूले प्रयोग गरेका उपकरणहरूमा थप सुधार र परिमार्जन गरी जडान गरिएको कम्पनीका सञ्चालक जयेश लुनियाँले बताए। उद्योगले विक्ट्रिफाइड, पोर्सलिन र सेरामिक टाइल उत्पादन गरिरहेको छ। नेपालमै उत्पादन हुने भएकाले भन्सार तथा अन्य कर नलाग्ने हुँदा भारतीय टाइलको तुलनामा निमाटो टाइल धेरै सस्तो मूल्यमा उपलब्ध छ। ईटालियन प्रविधि र गुणस्तरीय उपकरणको प्रयोगले निमाटो टाइल भारतीय टाइलभन्दा बढी टिकाउ र किफायती भएको सञ्चालक लुनियाँको दाबी छ।

बजारमा फिडब्याक राम्रो आउन थालेपछि टाइल उत्पादन र बिक्रीवितरण गर्न निमाटोलाई भ्याइनभ्याइ भएको छ। काजरीय, ओरियन्ट बेल, सोमानी, निट्को, सेरा जस्ता भारतका प्रख्यात टाइल कम्पनीहरूलाई पनि अहिले नेपाली ब्राण्डको निमाटो टाइलसँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे परिरहेको छ।गुणस्तर राम्रो भएको कारण भारतबाट पनि माग आइरहेको तर निर्यातका लागि सबै प्रक्रिया पूरा नभइसकेकाले छिट्टै नै कानुनी तथा प्रशासनिक प्रक्रिया सकेर कम्पनीले भारततर्फ निर्यात गर्ने अन्तिम तयारीमा रहेको छ। उद्योगमा ४०० जनाले रोजगारी पाएका छन्। हाल भारतको राजस्थानबाट कच्चा पदार्थ ल्याइए पनि नेपालकै माटोबाट टाइल बनाउने योजना रहेको छ। भारतको बिहार, झारखण्ड, पश्चिम बंगाल र असाममा निर्यात गर्ने योजनाका लागि गुणस्तर चिह्न लिने प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल