Birat Post बिहिबार, आश्विन १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ असोज / विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइरालाले बल हानेर उद्घाटन गर्नुभएको हो ।

जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा शनिबारसम्म प्रतियोगिता हुने भएको आयोजक स्ववियूका सभापति जसवन्त पौडेलले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा पुरुषतर्फ ४ वटा संकायबाट १४ वटा टिम र महिलातर्फ ८ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २१ हजार रुपैयाँ नगद र दोस्रो हुने टिमले ११ हजार रुपैयाँ नगद पुरस्कार साथै अन्य आकर्षक उपहारहरु पाउने सभापति पौडेलले बताउनुभयो ।

मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकाससँगै अनुशासन सिकाउने बताउनुभयो । उहाँले खेलका माध्यमबाट आणविक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने सभापति पौडेलको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल