Birat Post बिहिबार, आश्विन १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

दुहवी,१७ असोज । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउने भएको छ । दुहवी नगरपालिका वार्ड ५मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागेको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।

उक्त भवन सम्पन्न भएपछी व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुनुका साथै दुहवी नगरपालिकाको आम्दानीको स्रोत समेत बृद्धि हुने भएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले नव निर्मित व्यापारिक भवनको शिलान्यास  गर्दै दुहवी नगरपालिकालाई सुधारिएको नगरपालिकाको रुपमा स्थापित गर्न यो व्यापारिक भवनले महत्वपुर्ण योगदान पुर्याउने वताए ।

व्यापारिक भवन टि. डि. एफ परियोजनाले लगानि गरेको छ । उक्त परियोजना ल्याउनको लागी निकै सघर्ष गर्नुपरेको नगर प्रमुख गच्छदारले वताए । यस्तै दुहवी नगरपालिकाको उप प्रमुख मेनुका पोखरेल खतिवडाले स्वागत गर्दै सुविधासम्पन्न भवन निर्माण हुन लागेको भन्दै खुसी व्यक्त गरिन् । कार्यक्रममा दुहवी नगरपालिका वार्ड ५ का वडा अध्यक्ष रमेश रौनियार , दलका प्रतिनिधि , हैदर अलि , विजय चौधरी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल