Birat Post बिहिबार, आश्विन १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ असोज / राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

संघको ६ औं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई संघका प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोहन तिगेला, सल्लाहकार टीका ढकाललगायतले चेक हस्तान्तरण गर्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा गरिने कार्यक्रममा लाग्ने खर्च यसपटक बाढीपीडितका लागि सहयोग गरेको संघका सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । वडा नम्बर ८ मा छुट्टै राहतकोष स्थापना गरेर सोही कोषमा सो रकम जम्मा गरिनेछ । वडा नम्बर ८ का बाढीपीडितका लागि खर्च गर्ने गरी सहयोग प्रदान गरेकोमा मेयर कोइरालालाई संघलाई धन्यवाद दिनुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल