काठमान्डौ,४ असोज । अभूतपूर्व खडेरीका कारण चारो अभाव भएपछि जिम्बावेले २ सयवटा हात्ती मार्न आदेश दिएको छ।जहाँ हात्ती र मानिसबीच द्वन्द्व बढी हुन्छ, ती क्षेत्रमा हात्ती मारिने अथोरिटीका महानिर्देशक फुल्टन माङवान्याले बताएका छन्।
जिम्बावेको ह्वाङ्गे राष्ट्रिय निकुन्जमा मात्र ६५ हजारभन्दा बढी हात्ती छन्। जुन सो निकुन्जको क्षमताभन्दा चार गुणा बढी हो। यसअघि जिम्बावेले अन्तिमपटक १९८८ मा हात्ती मारेको थियो।