Birat Post सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post
मोरङ,७ साउन ।  नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि दुई थान रवर वोट सहित उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।  सोमबार मोरङको जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा  आयोजित एक समारोह बीच रेडक्रस  मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र  सशस्त्र प्रहरी बलका  नायव प्रहरी उपरीक्षक  बीरेन्द्र खनाललाई रु ३० लाख मूल्यका १२ प्रकारका उद्धार सामाग्री हस्तान्तरण गरे ।
मोरङको केरावारी गाउँपालिका देखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकहरुलाई वढीको समयमा उद्धारका लागि उक्त सामाग्री उपयोगी हुने बताइएको छ । जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट वाढी आउने हुनाले जनधनको उद्धारमा सामाग्री उपयोगी हुने विचार राखे ।
  मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र संजय  कामतले विपदको समयमा नागरिकको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । सोही अवसरमा पालिकाका कर्मचारीहरुलाई रवरवोट सञ्चालन सम्बन्धी  तालीम तथा अभ्यास गराइएको थियो ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल