Birat Post सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ साउन ।
विराटनगरमा पुर्खाहरुको सम्मानमा सामुदायिक भवन निर्माण संगै अर्धकदका शालिक निर्माण गरिएको छ । विराटनगर २ सोमबारे हाट शंकरपुरमा दाताहरुद्धारा प्राप्त जमिनमा सामुदायिक भवन र सोही परिसरमा दाताहरुको अर्धकदको शालिक निर्माण गरिएको हो ।

जग्गा दाताहरू बुनुदेवी रिजाल र आशालता रिजालका पूर्वजहरू बलभद्र रिजाल एवम् सुब्बा नारायणप्रसाद रिजाल र लप्टन विष्णुप्रसाद रिजालको अर्धकदका शालिकहरू नेपालका प्रथम जगतगुरु अनन्त विभूषित बालसन्त श्री मोहनशरण देवाचार्यले गत शुक्रबार एक समारोहबीच अनावरण गरेका छन्।

सनातन धर्म सेवा समिति मोरङको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि रहेका जगतगुरुले धर्म संस्कृतिलाई जगेर्ना गर्नका लागि समाजमा रिजाल परिवारले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। संस्थाकी उपाध्यक्ष समेत रहेकी इन्दिरा रिजालले पुर्खाहरुको सम्मानमा आफूले यो कार्य सम्पन्न गर्न पाएकोमा खुशी ब्यक्त गरिन् ।

सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सामाजिक तथा धार्मिक ब्यक्तित्वहरू सुरेश कुमार शर्मा, डा.भेष प्रसाद धमला, दिनेशराज सुवेदी, स्वामी प्रपन्नाचार्य, डा.गोपालप्रसाद अधिकारी, प्रा.डा.गोपालप्रसाद भण्डारी, राजनीतिज्ञ महेश रेग्मी, पं भवानी शंकर निरौला लगायतले बधाई ज्ञापन सहित आफ्ना भनाइहरु राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल