Birat Post शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर , ४ साउन ।
मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सधै अब्बल हुदै आएको छ ।
गुणस्तरिय पठनपाठन गराएर दक्षजनशक्त्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षाकालागि देशकै अब्बल शिक्षालय बनिरहन सफल भएको हो ।
यो शिक्षालय २०७३ र २०७४ मा प्रदेश भरिको र २०७५ र २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको छ ।

औजार उपकरणले मात्र नभएर भौतिक पुर्वाधारले सम्पन्न यो शिक्षालयमा प्रविधिक शिक्षाकालागि विद्यार्थीहरुलाई आवश्यक पर्ने सबै खाले आधुनिक प्रयोगशाला र लाईब्रेरी छन । अनुभवी दक्ष शिक्षकहरु भएको यो शिक्षालयमा गुणस्तरिय पढाई हुनेभएकोले भर्ना हुन हरेक बर्ष विद्यार्थीको ओइरो लाग्ने गरेको छ । प्राचार्य सुदिप अधिकारीका अनुसार २६४ सिटमा भर्ना हुन हरेकबर्ष एक हजार जनाभन्दा बढि बिद्यार्थीले आवेदनदिने गरेका छन ।
२०६५ मा स्थापना भएको मनमोहन पोलिटेक्निकले अहिले सम्म २५ सय जना दक्षप्राविधिक जनशक्त्ति उत्पादन गरिसकेको छ । उत्पादन भएका जनशक्त्ति व्यवहारिक रुपमा दक्षभएकोले प्राय सबैले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय बजार पनि पाइसकेका छन । कोही उच्च प्राविधिक शिक्षा पढेर विज्ञ बनिसकेका छन । दिक्षित भएकाहरुले मात्र नभएर नभएकाहरुले पनि रोजगार पाउने गरेका छन । दिक्षितनभएकाहरु दिगोहुने भएकोले उनीहरुलाई रोजगार दिन उद्योगहरुले प्राथमिकता दिने गरेका छन ।

देशकै पहिलो मनमोहन प््राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन भैरहेको मनमोहनपोलिटेक्निकमा बिद्यार्थीहरु आफै कमाएर पढने ‘अर्न टु लर्न ’ कार्यक्रमपनि छ । यसबाहेक यो शिक्षालयले दलित , सिमान्तकृत र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति पनि दिदै आएको छ । भारत सकारसँग २०६२ मा सम्झौताभई २०६५ देखी प्राबधिक बिषयमा पठनपाठन सुरु गरेको यो शिक्षालयमा२०६८ देखी र्इृलेक्ट्रिक्स मेकानिक ,सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स , आर्किटेक्चर ,ईन्फमेसन टेक्निोलोजी , अटोमावाईल्स आदि७ वटा विषयमा डिप्लोमातहमा पढाइ हुदैआएको छ । यहाँदुई बर्षे डिप्लोमातहको औधोगिक मेकानिकल कोर्ष पनि पढाई हुन्छ । यसबाहेक यो शिक्षालयमा स्थानिय र स्विस सरकारको सहयोगमा विल्डिड , मोटरसाइकल , लाईट भेहिकल ,कमप्युटर हार्डबेयर र नेटवर्किड, एसी मर्मत, टाईल मार्वल फिटिड,विल्डर , पेन्टिङ आदि १२ बिषयको मेकानिक तालिमपनि सञ्चालन हुदै आएको छ ।

अति न्युन खर्चमा बिद्यार्थीहरुलाई कोर्ष गराईरहेको मनमोहनले हरेक बर्ष ४ जनालाई निशुल्क २० जनालाई सहुलियतमा र ३० जनालाई आफै कमाएर पढने गरि निशुल्क पढाउदै आएको छ । चार जनाबिद्यार्थी पुर्व अध्यक्ष भरत मोहनका छोरी र श्रीमतीले प्रदान गर्ने छात्रबृत्तीमा पढने गरेका छन । ३० जनाले शिक्षालयकै १० बिगाहा जमिनमा खेती गरेको आम्दानीबाट पढदै आएका छन । हरेक संकायमा ४२ जनाबिद्यार्थी हरेक बर्ष भर्ना गर्दै आएको मनमोहनमा हरेक बर्ष १ सय ९२ जनाबिद्यार्थीले ईन्जिनियरिङं बिषय पढने गर्ने गरेका छन । यसबाहेक हरेक बर्ष ५ सय बिद्यार्थीहरुले एक हप्तादेखी एक बर्षे छोटो अवधिको बिभिन्न निशुल्क तालिमहरु पनि लिँदै आएका छन ।

पढिसकेपछि देशभरि जहाँपनितुरुन्तै रोजगारी पाउन सकिने भएकोले मनमोहनपोलिटेक्निकमा पढन विद्यार्थीहरु सधै आर्कषित हुने गरेका छन । प्राचार्य अधिकारी आफनो शिक्षाय प्रति गर्वगर्दै भन्छन , ‘भौतिक पुर्वाधारले माात्र नभएर पाठयक्रमले पनि अरु भन्दा सक्षम र सम्पन्न छौ यसैले हामीअरु शिक्षालय भन्दा अब्बल र अहिले सम्म देशकै उत्कृष्ट शिक्षालय बनिरहन सफल भएका हौ ।’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल