Birat Post बुधबार, साउन ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

तुलसीको इतिहास आजभन्दा ३००० बर्षपूर्व देखि पाइन्छ । यस बिरुवाको बहुप्रयोगी गुण अनि पूर्ण उपयोगीताका कारणले यसको उपस्थिती घर-घरमा अनि हरेक आँगनमा हुने गरेको  संस्कारमा पाँउदछौं ।
तुलसीको पातलाई एडाप्टोजेन अर्थात तनाव कम गराउने बिरुवा या पातका रुपमा बिभिन्न देशहरुमा प्रयोग गरिन्छ ।
अहिले त तुलसी चियाका रुपमा पनि यसको प्रयोग गर्न थालिएको पाइन्छ। बिश्वले नै तुलसीलाई बिभिन्न स्वरुप अनि संरचनामा आत्मसाथ गर्दै आउन थालेको छ ।

तुलसीका फाइदाहरु

१ छालाको चाँया पोतो हटाँउदछ र छाला स्वच्छ राख्दछ
यसमा अत्यन्त फाईदाजनक एन्टीव्याकटोरिएल क्लोभ आयल हुन्छ, यसमा भएको गुणले छालाको चाँया पोतोहरु हटेर जान्छ । नरिवलको तेलमा तुलसीको पातको लेप लगाएर छालामा लगाएमा सम्पूर्ण रुपमा छालाको निखार आउने गर्दछ ।

२ चिनीरोग अर्थात डायवेटिजबाट जोगाँउदछ

आजभोली हरेक उमेरसमुहका मान्छेहरुलाई चिनी रोगको समस्या देखिएको छ । हामीमध्य धेरैलाई थाहा नहुन सक्दछ कि तुलसीको प्रयोगले चिनीरोग पनि निर्मुल गर्न सक्दछ भनेंर ।  तुलसीमा एन्टी डायबेटिज एक्टीभिटी हुने गरेको पाइएको छ । यसले रगतमा ग्लुकोजको मात्रा अनि अस्वभावीक लिपीड प्रोफाइललाई पनि कम गर्ने गुण हुन्छ ।  अचम्मको कुरा त तुलसीको नियमीत प्रयोग गरेमा मेटाबोलीक क्रियाकलापका हानीका कारणले हुने अत्याधिक ग्लुकोजका नकारात्मक असरहरु मृगौला अनि कलेजो बिगार्न पनि दिँदैन् ।

३ क्यान्सर बिरुद्ध लड्न मद्धत गर्दछ
अध्यनहरुका अनुसार नियमित तुलसी सेवन गर्ने मान्छेहरुको शरीर तुलसी सेवन नगर्नेहरुको शरीरको तुलनामा क्यान्सर कोष निर्माण गर्ने जोखिममा हुँदैनन् । त्यसका साथै बिभिन्न केमीकल हरुको जान अन्जान प्रयोगले हुनसक्ने क्यान्सरबाट जोगिन समेत तुलसीले मद्धत गर्दछ । त्यसका साथै बिकिरणहरुको अनि परावैजनी किरणहरुको कारणले हुने क्यान्सरबाट पनि तुलसीले जोगाउने पाइएको छ । स्मरण रहोस् बिकिरणहरु लाई रोक्नका लागि सनातन सस्कारमा प्रयोग गरिने कुशको पनि भूमिका उल्लेखनीय रहेको पाइएको छ ।

पोषण र क्यान्सरसंग समबन्धीत जर्नलहरुका अनुसार त गएको ३० बर्षमा केमोथेरापी र रेडिएशन थेरापीले गर्न नसकेको असर तुलसीले क्यान्सर बिरुद्ध गरेको उल्लेख गरेको छ ।

४ ग्रन्थी अर्थात हार्मोनहरुलाई सन्तुलनमा राख्दछ

तुलसीले हार्मोन हरुलाई पनि सन्तुलनमा राख्ने भएकाले यसको शारीरीक र मानसिक दुबै तवरमा फाईदा रहेको पुष्टि हुन्छ । तुलसीलाई तसर्थ दैनिक खाना या चियाका रुपमा प्रयोग गर्न सल्लाह दिइन्छ ।

५ ज्वरो कम गर्दछ
तुलसीले हामीलाई व्याक्टोरिया अनि भाईरसबाट जोगाँउदछ । ज्वरो आएको बेला शरीरले बाहिरी संक्रमणका बिरुद्ध लडिरहेको हुन्छ, तुलसीमा यस संक्रमणबाट जोगिने तत्व हुने भएकाले नै परापूर्व कालदेखि नै ज्वरो आँउदा या संक्रमण हुँदा तुलसीको सेवन गर्ने चलन रहेको हुनसक्दछ ।

यसका अलावा भिटामिन के को पूर्ण भण्डार तुलसीलाई श्वासप्रश्वास समबन्धी रोगका लागि, दाँतको समस्याका लागि र आँखाको स्वास्थका लागि पनि प्रयोग गरिने चलन छ ।  त्यसैले नै होला तुलसीलाई बनस्पतीको रानी भनिएको । जनावरहरुको टोकाई देखि झाडापखाला सम्म तुलसीको प्रयोग हुन्छ ।  डाँठ देखि फूलसम्म प्रयोग हुने तुलसीको पात भनें सनातन सस्कारमा खानामा हालेर भगवानलाई अर्पण गरेर खाने चलन छ ।  जन्मिएको बच्चादेखि अन्तिम श्वाँस सम्म तुलसीको मठ अनि बिरुवाको महत्व छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल