Birat Post शुक्रबार, आषाढ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ असार / विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ । महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम दिएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा शुक्रबार उनीहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो ।

डेंगुको संक्रमण कसरी हुन्छ, डेंगुलाई कसरी नियन्त्रण गर्न सकिन्छ, डेंगु लागेमा के गर्नेलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादव र स्वास्थ्य अधिकृत रमेश कार्कीले डेंगु नियन्त्रणमा महानगर प्रहरी र सफाई कर्मचारीको भूमिकाका विषयका विषयमा अवगत गराउनुभएको थियो ।

साथै उहाँहरुले डेंगुको संक्रमण रोक्न के–के गर्नुपर्छ भन्ने विषयमा पनि जानकारी गराउनुभयो ।
सफाई शाखाका सुपरभाइजर र महानगर प्रहरी सहभागी अभिमुखीकरणले डेंगु नियन्त्रणमा ठूलो मद्दत पुग्ने स्वास्थ्य महाशाखाका संयोजक यादवले बताउनुभयो । मेयर नागेश कोइरालाको निर्देशनमा डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै लगेको यादवले जानकारी दिनुभयो ।

मनसुनसँगै देशका विभिन्न स्थानमा डेंगु संक्रमण व्यापक बन्दै गएकाले महानगरले पनि पूर्वतयारी गरेको यादवको भनाइ थियो । सफाई कर्मचारी र महानगर प्रहरी फिल्डमा खटिने भएकाले डेंगु नियन्त्रणमा उहाँहरुको भूमिका महत्वपूर्ण हुने स्वास्थ्य अधिकृत कार्कीले बताउनुभयो । सचेतनामूलक ब्यानर बनाएर सफाई कर्मचारीमार्फत सबै वडामा वितरण गरिनेछ । फ्रिज, कुलर, वासिङ मेसिन, टायरलगायत जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गरेको छ ।

एक्कासि उच्च ज्वरो आउनु (१०२ डिग्री), ५ देखि ६ दिनसम्म ज्वरो नघट्नु, आँखाको जेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा राता बिमिराहरु देखापर्नेजस्ता डेंगुका लक्षणहरु देखिने चिकित्सकहरुले बताउँदै आएका छन् । चिकित्सकका अनुसार एडिस एजिप्टि नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् ।

भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ । रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ ।

यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढ्ने गरेको छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रक्रिया बढाउने चिकित्सकहरुको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल