Birat Post मंगलबार, आषाढ २६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,२५ असार । मोरङको वुढिगंगा गाउँपालिका -३ मा रहेको जनप्रिय माविमा सञ्चालित प्रि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङका पहिलो व्याचमै विद्यार्थीले उत्कृष्ठ नजिता ल्याउन सफल भएका छन् ।

कोशी प्रदेशमा सिटिइभिटिइद्धारा सम्बन्धन प्राप्त भएर सञ्चालित ६ वटा शिक्षालय मध्ये कम्प्युटर इन्जिनियरिङमा अधितम विद्यार्थी पास गराउन विद्यालय सफल भएको छ ।

अन्य शिक्षालयको रिजल्ट शुन्य हुदा जनप्रिय माविमा सञ्चालित प्रि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा पढ्ने ३ जना विद्यार्थी उत्कृष्ट नतिजा सहित दोस्रो सफल शिक्षालय बनेको टेक्स कार्यक्रम संयोजक लवकुमार यादवले जानकारी दिए ।

उत्कृष्ठ नजिता ल्याई पास हुन सफल विद्यार्थीलाई बधाइ तथा सम्मान कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा वुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर,स्कुल व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर मण्डल,प्रध्यानाध्यापक युवराज दाहाल र प्रशिक्षक ऋतिक साह गुप्ता लगायतको सहभागिता रहेको थियो ।

सम्मान तथा बधाइ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले आउने हरेक वर्षहरुमा १० जना विद्यार्थीका लागी स्कलरसीप प्रदान गर्ने घोषणा गरेका छन् । यसपटक दयानन्द राजबंशीले ८७ प्रतिशत,शेषनारायण सरदार थारुले ८० प्रतिशत र संगीता चौधरीले ७२ प्रतिशत अंक ल्याएर उत्रीर्ण भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल