Birat Post सोमबार, आषाढ २५, २०८१ मा प्रकाशित

featured photo: Birat Post
मोरङ,२४ असार /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम हुनेस्थानमा प्रविधिको प्रयोग गरि जनताको जीउधनको सुरक्षाका लागि निःशुल्क वाईफाई जडान गर्न निर्देशन दिएका छन् ।
 प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा ‘ कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’  bipad.koshi.gov.np   को  आज मन्त्रालयमा  उद्घाटन गर्दै उनले विपद् जोखिममा रहेका र जंगली जनावरहरुबाट हुने जनधनको क्षति रोक्न ती स्थानमा नागरिकहरुले सहज सूचना प्राप्त गर्ने उद्देश्यले निःशुल्क वाईफाई जडान गर्ने कार्य शुरु गर्ने धारणा राखे ।
मुख्यमन्त्री कार्कीले विपदका समयमा नागरिकहरुले  सुरक्षित रहनका लागि सूचना प्रविधिको सञ्चालन गर्न सुुशूचित गराउनु पर्नेमा जोड दिए । सरकारले विगतको विपद्का समयमा गरेको उल्लेखनीय कार्य जनतामा अहिले पनि सकारात्मक असर परेको बताउँदै  कोभिड,वाढीपहिरोमा स्थलगत रुमा गई जनतालाई फास्टट्राकबाट  उद्धार गरेकोले यस्ता चुनौतिलाई अवसरको रुपमा लिई कार्य गर्नु पर्ने बताए ।
प्रदेश सरकार नागरिकहरुको विपदको अवस्थामा साथ र सहयोग पु¥याउने प्रतिवद्धता समेत मुख्यमन्त्री कार्कीले व्यक्त्त गरे । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारीले सरकार विपदका समयमा नागरिकको जीउ धनको सुरक्षामा अनुभूति गराउने ढङ्गले कार्य आगाडि वढिरहेको विचार राखे । उक्त्त पार्टलमा वाढीपहिरो आउने स्थानका नागरिकहरुलाई  पूर्व सूचनाको जानकारी दिनुका साथै आकस्मिक फोन गर्न सकिने  सुविधा रहेको छ ।
पार्टल निर्माणकर्ता दिवस लामिछानेले पार्टल संचालनका सम्बन्धमा जानकारी गराएका थिए । पार्टलमा  नागरिक सुझाव, गुनासो, स्थलगत आकस्मिक सम्पर्क, प्रकृयागत अवस्थामा आधिकारिक भिडियो सम्वोधन, न्यूज फिड लगायतका सुविधा रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल