Birat Post आइतबार, आषाढ २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ असार / अन्तर्राष्ट्रिय द भर्चुल ब्याटल अफ ब्याण्डस्को पहिलो संस्करणमा प्रथम भएकोमा विराटनगरको चर्चित सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्डलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बधाईसहित सम्मान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरको प्रतिनिधित्व गर्दै प्रथम भएकोमा मेयर कोइरालाले सम्मान गर्नुभएको हो । पहिलोपटक भएको प्रतियोगितामा सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्डलाई महानगरको लोगो अंकित खादा लगाएर सम्मान गर्नुभयो । सो अवसरमा महानगरको लोगोसमेत लगाइदिनुभएको थियो ।

मेयर कोइरालाले विराटनगर औद्योगिक, राजनैतिक नगरीसँगै भाषा, साहित्य, कला, संस्कृतिको नगर पनि हो भन्ने रक ब्याण्डको सफलताले पुष्टि गरेको उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बेलाबेला हुने चित्रकला, नृत्य, गीतसंगीत कवितालगायतका प्रतिस्पर्धामा विराटनगर उत्कृष्ट हुँदै आएको चर्चा गर्दै मेयर कोइरालाले विराटनगर हरेक क्षेत्रमा अब्बल हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा ७२ वटा ब्याण्डको सहभागिता रहेको सर्कलका तर्फबाट सुशील केसीले जानकारी दिनुभयो । नेपालसहित विभिन्न देशका ७२ वटा ब्याण्डलाई पछि पार्दै विराटनगरको सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्ड पहिलो भएको हो । ब्याण्डका तर्फबाट प्रयुष कोइराला, राहुल भट्टराई, रिदम रक रेग्मी, इन्द्रजित केडी, सुबोध उप्रेती, कविस भट्टराईले सहभागिता जनाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल