विराटनगर,२२ असार । विराटनगरमा रहेकाे देशकै पुरानाे विद्यालयहरु मध्येकाे एक उत्कृष्ट आदर्श माध्यमिक विद्यालयमा सदाकाे वर्षझै यस पटक पनि कक्षा ११ काे प्रवेश परीक्षा सम्पन्न भएकाे छ ।प्रवेश परीक्षामा ३१५ विद्यार्थी सहभागी भएकाेमा २७२ जना विद्यार्थी उतिर्ण भएका छन् ।
विद्यालयमा हाल विज्ञान , ब्यवस्थापन र शिक्षा संग सम्बन्धित विषयहरु राेजेर पढ्न पाइने ब्यवस्था गरीएकाे छ भने विद्यालयमा कक्षा ११ र १२ काे विज्ञान विषय प्रबर्द्धन का लागि नेपाल सरकारले यसै वर्ष देखि थप सहयाेग पुर्याउने भएकाे छ । त्यस्तै गरि विद्यालयमा सिटीइभिटी संग सम्वन्धीत कम्युटर र सिभिल इन्जिनियरिङ काे प्रि डिप्लोमा र डिप्लाेमाका कक्षाहरु पनि संचालनमा छन् ।
गत वर्ष इन्जिनियरिङ तर्फ नेपालकै सर्वाेत्कृष्ट भइ राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल यस विद्यालयकाे प्राविधिक धारकाे भर्ना परीक्षा भने सिटीइभिटीले श्रावण १९ गते ताेकेकाे छ । प्राविधिक शिक्षा तर्फ भने भर्ना फारम भर्ने म्याद असार १३ गते सम्म रहेकाे जनाइएकाे छ ।