Birat Post बिहिबार, आषाढ २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० असार ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थीर चरित्रका कारण अहिलेको परिस्थित उत्पन्न भएको बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले अहिले परिस्थिति आउनमा कसैको हात नभएको र विश्वास गर्न योग्य नभएका प्रचण्डको अस्थीर चरित्रका कारण उत्पन्न भएको बताए।

वर्तमान कांग्रेस एमाले गठबन्धनबारे प्रस्टाउँदै महामन्त्री थापाले भने, ‘अहिलेको गठबन्धनको परिस्थिति बनेको सम्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थीरताको कारण हो । सरकार बनेको दुई चार महिनामा नयाँ गठबन्धन बन्थ्यो? बन्दैन थियो। अहिले एमालेसँग सरकारमा बसिसकेपछि पनि नयाँ खालको लसपस र हात खुट्टा पसारी सकेपछि यो अहिलेका दुर्घटना उहाँकै कारण निम्त्याएको हो।’

नेपालको राजनीतिमा प्रचण्डमा धेरै अस्थिरपन र विश्वासयोग्य चरित्र नहुँदा अहिलेको परिस्थित निर्माण भएको महामन्त्री थापाको भनाइ छ। उनले भने, ‘अहिले दुर्घटना प्रचण्डकै कारण निम्तिएको हो। यो कसैका कारण बनेको होइन, कसैले यसलाई भत्किएको होइन। नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थीर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन र अहिलेको परिस्थित सृजना भएको हो।’

त्यसैगरी, उनले सरकार बन्ने वा नबन्ने भन्ने विषय ब्यक्ति वा दलका कारण नहुने प्रस्टाए।

संविधान संशोधनका विषयमा महामन्त्री थापाले परिस्थितिअनुसार संविधान पुनरावलोकन गर्नुपर्नेमा जोड दिए। संविधान जोगाउने जिम्मेवारी कांग्रेसको भएको बताउँदै उनले भने,’अहिलेको संविधान अरु कसैलाई देखाइदिनका लागि बनाएको होइन। यसलाई जोगाउने जिम्मेवारी हाम्रो हो। संघीय लोकतान्त्रिक गणतान्त्रत्मक व्यवस्था, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, सबैको स्वतन्त्रतालाई थप सुदृढीकरण गर्न संविधान पुनरावलोकन गर्ने कांग्रेसको प्रस्ताव हो।’

‘संविधान पुनरावलोकनका लागि कांग्रेस र एमालेको मतले मात्र पुग्दैन। ‘हामीले यसका लागि अरू दललाई पनि समेट्नुपर्ने हुन्छ, ‘ महामन्त्री थापाले थपे।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल