Birat Post मंगलबार, आषाढ १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१८ असार ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको लागि नयाँ समिकरण बन्नु प्रारम्भिक रुपमा स्वागतयोग्य विषय भएको बताएका छन् । आज नयाँ समिकरणको विषयलाई लिएर बसेको बैठकको बारेमा जानकारी दिँदै उनले राप्रपाले सधैँ यो संविधानले काम गर्दैन् र यही संविधानबाट अगाडि जान सकिदैँन् भन्ने कुरा उठाउँदै आएको भन्दै संविधान संशोधनको कुरा स्वागत योग्य भएको बताएका हुन् ।

उनले भने, ‘अहिले काङ्ग्रेस र एमालेले जुन नयाँ सहमती बनाएको समाचार बाहिर आएको छ । त्यो सहमतीको मूल मुद्धा भनेको संविधान संशोधन रहेको छ । प्रमुख दल र दोस्रो मुख्य दल मिलेर संविधान संशोधन गर्न मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ । त्यसलाई हामीले प्रारम्भिक रुपमा स्वागत योग्य विषय मानेका छौं । किनभने यो संविधानले काम गर्दैन् र यही संविधानबाट अगाडि जान सकिँदैन भन्ने कुरामा मुख्य दलहरु सहमत भएको देखिएको छ ।’

उनले सरकारमा जाने नजाने भन्ने कुरामा यो समिकरणले कस्तो स्वरुप लिन्छ र कसरी अगाडी बढ्छ सबै हेरेर मात्र आफ्नो धारणा बनाउने निर्णय गरेको जानकारी दिएका छन् । उनले भने, ‘यसले कस्तो स्वरुप लिन्छ र कसरी अगाडी बढ्छ हेर्न बाकी छ । त्यसकारण यसलाई हेर्ने र आफ्नो धारणा बनाउने हामीले निर्णय गरेका छौ । संविधान संशोधनको प्रक्रिया कसरी अगाडि जान्छ र अहिले बाहिर आएका कुरा सहमतीका विषय हो की होईन् र त्यसमा काङ्ग्रेस एमाले सहमत छ कि छैन् भन्ने कुरा सबै हेरेपछि र अरु दलहरुसँग कुरा गरेपछि मात्र हामीले हाम्रो धारणा बनाउछौं ।’

सम्बन्धित

ताजा अपडेट
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
आज प्रेस स्वतन्त्रता दिवस

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल