Birat Post सोमबार, आषाढ १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १७ असार । संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताउनु भयो । उहाँले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताउनुभयो । उहाँले आफूले बुझेकोभन्दा अध्यात्मको ज्ञान बृहत भएको अनुभूति भएको बताउनुभयो ।

डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान र साधनाको विधि पाएको बताउँदै यसले जीवनमा शान्ति मिलेको अनुभव सुनाउनु भयो ।
ध्रुवराज गिरीले कार्यक्रमले आफूमा आत्मबल, आध्यात्मिक शक्ति र जीवन प्रतिको उत्प्रेरणा जगाएको बताउनु भयो । उहाँले विभिन्न विधिहरूको उत्कृष्ट संयोजन भएको कार्यक्रमले हरेक मानिसको जीवन परिवर्तन गर्ने जनाउनुभयो ।
सन्तोष सुब्बाले कार्यक्रम जीवनउपयोगी भएको बताउँदै कार्यक्रममा सिकेको ज्ञान र विधि र अभ्यासलाई निरन्तरता दिन सके मानवको उद्धार हुने महसुस भएको बताउनुभयो ।

कार्यक्रममा सात दिनसम्म जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्माले हरेक मानिसभित्र रहेको चक्ररुपी ऊर्जा सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्नुभएको थियो । विश्व हिन्दु भुटानी संगठनको आयोजनामा अमेरिकाको ओहायो स्थित ओम सेन्टरमा जुन २३ देखि २९ सम्म चलेको चक्र विज्ञान सप्ताहमा अमेरिकाका विभिन्न राज्यबाट चार सयभन्दा बढी व्यक्तिको सहभागिता थियो ।

कार्यक्रम समापनमा अवसरमा जीवन विज्ञान अमेरिकाका अध्यक्ष शुशिल शर्मा, जीवन विज्ञान परिषद् अमेरिका सह–संयोजक रचना सुवेदी, डा.लक्ष्मिनारायण ढकाल, विश्व हिन्दु भुटानी संगठनका अध्यक्ष कमल धिमाल सहितका पदाधिकारीलगायतको उपस्थिती थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल