Birat Post शुक्रबार, आषाढ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ जेठ । विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर संचालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर संचालन गरेको हो । १२९ जेष्ठ नागरिकको दाँत जाँच गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

उनका अनुसार आधारभुत स्वास्थ्य केन्द्र विराटनगर ८ मा ७६ जनाको दाँत जाँच गरिएको, १३ जनाको दाँत खोलिएको, १६ जनालाई आरपीडी दाँत लगाईएको, ५ जनाकोमा सिडी दाँत सेट लगाएको छ । वडा कार्यालयको आयोजनामा विराटेश्वर बृद्धाश्रममा ५३ जनाको दाँत जाँच गरिएको, १२ जनालाई दाँत लगाईएको, ८ जनाको दाँत खोलिएको र ५ जनाकोमा दाँतको सेट लगाईएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

६० बर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गर्दै दन्त शिविर संचलन गरिएको वडा कार्यालयले जनाएको छ । बिहीबार बिहान विराटेश्वर वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरूको र दिउँसो वडाकार्यालयमा वडाबासीहरूको दन्त परिक्षण गरिएको छ । अमर सेवा समितिको हलमा र माई मन्दिरमा दन्त परिक्षण गरिएको छ । शिविरमा औषधीसँगै आवश्यक पर्नेलाई फुलसेट दाँत समेत उपलब्ध गराएको छ ।

वडाभित्र रहेका ६० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकको दन्त परिक्षण गरिने र आवश्यक पर्ने सबैलाई फुलसेट दाँतसहित निःशुल्क औषधी पनि वितरण गरिने उनले बताए । वडाध्यक्ष पोखरेले भने,’नमूना संकलन गरेर केही दिनमा जीवन विकास पब्लिक हेल्थ सेन्टरमा उहाँहरूलाई दाँत उपलब्ध गराइन्छ ।’वडाले यो भन्दा पहिला ८० वर्षमाथिका जेष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परिक्षण गरेको छ । कार्यक्रममा विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल