Birat Post शुक्रबार, आषाढ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,७ असार । विराटनगरको डन बस्को स्कुलले एसइइ अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

कुल ५० मिनेटको खेलमा जित हात पारेको डनबस्कोका लागि युनिक राई, निकुश खतिवडा, र तनुज राजवंशीले गोल गरेका थिए । पहिलो खेलमा पराजित हुदै विद्यालय फर्किएको सत्यनारायणका लागि साजीद आलम र भरतकुमार चौधरीले गोल फर्काएका थिए । प्रतियोगिता अन्र्तगत शनिबार ५ वटा खेल हुने आयोजक पोखरिया युथ केयर एकेडेमीका विक्रम कार्कीले जानकारी दिए ।

प्रतियोगिता संयोजक समेत रहेका कार्कीका अनुसार सुनसरी र मोरङका ४४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ८ सय ८० विद्यार्थी खेलाडी र ४४ प्रशिक्षक मैदानमा उत्रनेछन् । प्रतियोगिताको उपाधि भीडन्त असार १८ गते हुने उनले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष टीकाराम पुरी, महानगरपालिका–१ का वडाध्यक्ष काजी बस्नेत, विराट गोल्डकपका पूर्व अध्यक्ष सन्तोष बानियाँ लगायतले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल