Birat Post बिहिबार, आषाढ ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो ।

जितसंगै मोर्डन एराले नगद २५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता डिपिएसले नगद ११ हजार रुपैयाँमा चित्त बुझायो । जितको लागि मोर्डन एराका अमन माझीले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरे । प्रतियोगिताको तेस्रो विराटनगर १३ स्थित गोदावरि स्कुल भयो ।

मोर्डन एराका रोसित राइ खेलको प्लेर अफ द म्याच घोषित भए । बेस्ट मिट फिल्डर डिपिएसका जेनिल विष्ट, बेस्ट गोलकिपर मोर्डन एराका रोनक राजधामि, बेस्ट कोच मोर्डन एराका सन्दिप भट्टराई, बेस्ट फिल्डर मोर्डन एराका अमन माझी, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट डिपिएस स्कुलका आयुष सहनी घोषित भए । त्यसैगरी ईमर्जिङ प्लेयरमा सिद्धार्थ स्कुलका प्रवेश राई र हाइस्कोर डिपिएस स्कुलका इमोन खवास भए ।

बिजता हुने खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सल्लाहकार सावित्रा कुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, खेल संयोजक नन्दलाल मण्डल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्यीय रोहित कोइराला, कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल