Birat Post मंगलबार, जेठ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२९ जेठ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले सर्लाहीको बागमति नगरपालिकामा माछा पोखरी ‘भरत ताल’ निर्माण गर्दा ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

अघिल्लो कार्यकालमा समेत मेयर भएका भरत थापाले ठूलो परिणाममा नदिजन्य वस्तुको उत्खनन् गरेर दुईवटा माछा पोखरी निर्माण गरेका थिए। ताल निर्माणपछि थापाकै नामबाट पोखरीको नाम ‘भरत ताल’ राखिएको थियो।

आयोगका प्रवक्ता नरही घिमिरेका अनुसार अघिल्लो मेयर थापाको अगुवाइमा उत्खनन् हुँदा निस्केको केही मात्रै नदिजन्य पदार्थको हिसाब देखाइ अरु हिनामिना गरेको अनुसन्धानबाट देखिएको बताए।
मेयर थापा, उपमेयर लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसहितको मिलोमतोमा उत्खनन्का क्रमममा १३ लाख ४० हजार ४१९.८९ घनमिटर परिमाण घाटोला भएको दाबी गरिएको छ।

त्यसबाट राज्य कोषमा २६ करोड ८० लाख ८३ हजार ९८० र त्यसमा लाग्ने १३ प्रतिशत भ्याटसहित ३० करोड २९ लाख ३४ हजार ८९७ घोटाल भएको हो।

बागमती नगरपालिकाको वडा नं ४ र १२ मा पर्ने दुईवटा बहुउद्देशीय माछा पोखरी निर्माण गर्दा गुरु योजना स्वीकृतसमेत नगरी बागमती नदीको वहाव प्रयोग गर्न स्वीकृति नलिई माछा पोखरी (हाल ताल) निर्माण गर्ने काम भएको आयोगको दाबी छ।

आयोगका अनुसार पहिलो पोखरीबाट १७ लाख ८८ हजार २६४.१८ घनमिटर र दोस्रो पोखरीबाट २१ लाख ८४ हजार ९२७ घनमिटर वन पैदावार (नदीजन्य पदार्थ) गरी जम्मा ३९ लाख ७३ हजार १९१.१८ घनमिटर उत्खनन् भएको थियो।

आयोगले मेयर थापा, उपमेर मोक्तान, प्रशासकीय अधिकृत पोखलसहित नरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पौडेल र जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीलाई विपक्षी बनाएको छ।

मेयर थापाविरुद्ध आयोगले गत चैत २८ गते विशेष अदालत काठमाडौँमै ३३ लाख ५३ हजार अवैध आम्दानी गरेको भन्दै मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन्। यद्यपी स्थानियले भने राम्रो काम गर्नेहरुलाईनै जेल हाल्दै जाने हो भने देशले दुर्गती भोग्नुपर्ने भनाइ व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल