Birat Post मंगलबार, जेठ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ जेठ । स्थानीय तहमा रहेर काम गरिरहेका कोशी प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले स्वास्थ्य बीमा बोर्डको कार्यालय विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । बीमा गरेबापत दिइने कमिसन कटाएको,कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई बृद्धि गरेर १५ प्रतिशत लिन थालिएको, २०७९ सालदेखिको कमिसनमा उल्टै जरिवाना गरेर वेरुजु देखाएको, महालेखाका कारण स्वास्थ्य बीमा दर्ताा सहयोगीहरुमा निराशा पैदा भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा सहभागी मोरङ रतुवामाई नगरपालिकाकी सरस्वती बरालले दर्ता सहयोगी पद हटाई उचित पदको नामाकरण गरिनुपर्ने,न्यूनतम तलब तोक्नुपर्ने, पोषाकको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै स्वास्थ्य बीमा दर्ताा सहयोगीहरु आन्दोलनमा उत्रिएको जानकारी दिइन् ।

यस्तै विराटनगरकी स्वास्थ्य बीमा दर्ताा सहयोगी गंगा सुवेदीले एक हप्ताभित्र आफ्ना मागहरु पूरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने जानकारी दिइन् । उनले स्वास्थ्य बीमाका क्षेत्रमा रहेर स्थानिय तहमा काम गर्नेहरुलाई निराश बनाउने र बीमा कार्यक्रम प्रभावित गराउने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् । मंगलबार दिनभर उनीहरुले स्वास्थ्य बीमा बोर्डका कार्यालयमा नाराबाजी तथा बिरोध प्रदर्शन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल