Birat Post बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ जेठ/ प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संरक्षणमा कर्पोरेट लेभलको विराट फुटसल च्याम्पियन्सीप हुने भएको छ । बिहीबार टाइसिट सार्वजनिक गर्दै च्याम्पियन्सीपका आयोजक मञ्जिना मुभि क्रिएसनका निर्देशक जतिन ताम्राकारले शुक्रबारबाट सुरु हुने च्याम्पियन्सीपमा विराटनगरका १० वटा टोलीको सहभागिता रहने बताए ।

२७ गतेसम्म आयोजना हुने च्याम्पियन्सीपमा विजेता टोलीले ट्रफीसहित २५ हजार रुपैया हासिल गर्ने बताएका संयोजक ताम्राकारले विराटनगरमा लामो समयपछि कर्पोरेटस्तरको फुटसल हुन लागेको उल्लेख गरे । च्याम्पियन्सीप अन्र्तगत समूह ‘ए’ को तीन वटा खेल शुक्रबार विहान र समूह ‘बी’ को खेल शनिबार हुने आयोजक पक्षले जनाएको छ ।

च्याम्पियन्सीपमा नेपाल फुलबारी, टिमुरे रेष्टुरा, पूर्वाञ्चल पेपर, एमएम ग्रुप, न्यूरो अस्पताल, एबी होटल, नेपाल पत्रकार महासंघ मोरङ र सीताराम फार्मेसीको सहभागिता रहेको छ । शुक्रबार विहानबाट शुरु हुने खेल अन्र्तगत पहिलो खेलमा पावर जिमले एमएम ग्रुपको सामना गर्ने भएको छ । त्यसैगरि, सोही बेलुका दोस्रो खेलमा न्यूरो अस्पतालले सीताराम फार्मेसीको सामना गर्ने आयोजकले जनाएको छ ।

नक आउटका आधारमा हुने खेलमा पावर र एमएमको विजयी टोलीले दोस्रो खेलमा सिंहासन रेष्टुरासंग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरि, शनिबार पहिलो खेलमा बेलुका टिमुरे रेष्टुराले नेपाल पत्रकार महासंघ मोरङको सामना गर्नेछ । दोस्रो खेलमा एबी होटलले नेपाल फुलबारीसंग खेल्नेछ। स्थानीय जाम्बुरे नेक्सस लञ्जमा सेमीफाइनल र फाइनल खेल आइतबार बेलुका हुने आयोजक पक्षका निर्देशक ताम्राकारले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल