Birat Post बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ जेठ । कोशी प्रदेश खेलकूद विकास बोर्डले आगामी असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोतिा सञ्चालन गर्ने भएको छ । वोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शु)द्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा चालु आव २०८१/८१ मा वोर्ड मार्फत कार्यान्वयन हुने खेलकुदको समय निर्धारण गरि खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

वोर्डले असार ३ गते पारा खेलकुद प्रयोगिता मोरङ र सुनसरी जिल्लामा,मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिवल मोरङको विराटनगरमा असार १५ भित्र ,प्रदेशस्तरीय पौडी प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिता खोटाङ जिल्लामा असार ८ गतेदेखि १३ गतेसम्म,प्रदेशस्तरीय पुरुष फुटवल प्रतियोगिता तेह्रथुम जिल्लामा असार ३ गतेदेखि ७ गतेसम्म आयोजना गरिने भएको छ ।
यसैगरी प्रदेशस्तरीय कवड्डी प्रतियोगिता मोरङको विराटनगरमा असार ७ गतेदेखि, महिला सेल्फ डिफेन्स तालीम तथा योजना प्रशिक्षण मोरङ,झापा र सुनसरी जिल्लाका विभिन्न विद्यालयहरुमा असार १५ भित्र, प्रदेशस्तरीय कुरास प्रतियोगता सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता मोरङको विराटनगरमा असार १३ र प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम मोरङ र तेह्रथुममा असार १५ भित्र सञ्चालन गरिने जानकारी दिइयो ।

सदस्य सचिव बस्नेतले लामो समयमा देखि सम्पन्न हुन नसकेको खेलकुद प्रतियोगिता वाध्यताले अहिले आयोजना गर्न लागिएको र आगामी वर्षदेखि तोकिएको समयमा गर्ने प्रतिवद्धता व्यक्त्त गरे । उक्त खेलकुद प्रतियोगिता सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको छ । मोरङको गोठगाउँमा प्रदेश सरकार, पूर्वाञ्चल विश्वविद्यालय र स्थानीय निकायको सहयोगमा एक सय विघा जग्गामा खेलकुद कम्लेक्स निर्माण गरिने जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल