विराटनगर,२३ जेठ । विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा.विराज सिंहले नियुक्त भएका छन् । यो उनको दोस्रोपटकको नियुक्ती हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कोशी अस्पतालको मेसु डा. चन्द्रभाल झालाई हटाएर सिंहलाई जिम्मेवारी दिएका हुन् । डा.सिंह यसअघि पनि कोशी अस्पतालको मेसु भएका थिए । यता झाको भने विरगन्जको नारयणी अस्पतालमा सरुवा भएको छ ।