Birat Post बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,२३ जेठ ।
उद्योग संगठन मोरङ अन्तर्गत रहेको सीप विकास कार्यक्रमले औद्योगिक क्षेत्रमा  कार्यरत प्राविधिकहरुको दक्षता  अभिवृद्धि गर्ने उद्देश्यका साथ जुट स्पिनिङ र जुट विभर सम्वन्धी तालिम सम्पन्न गरेको छ । अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा कार्यरत प्राविधिकहरुका लागि यो तालिम प्रदान गरिएको हो ।

तालिमको समापनमा प्रमाण पत्र प्रदान गर्दै संगठनका कोषाध्यक्ष सुवोध कोईरालाले उद्योगका लागि आवश्यक दक्ष प्राविधिक  जनशक्तिको आवश्यकतालाई सहजीकरण गर्न यस प्रकारको तालिम आवश्यक रहेको वताए । उनले दक्ष जनशक्तिका माध्यमबाट उद्योग संचालन गर्दा गुणस्तरीय उत्पादन भई उत्पाकत्व अभिवृद्धिमा समेत सहयोग पुग्ने वताए । उद्योगहरुको आवश्यकताका आधारमा पाठयक्रम तयार गरी संचालन हुदै आएको यसप्रकारको तालिम प्रति उद्योगहरुको वढदो अभिरुची प्रति खुशी व्यक्त गर्दै प्राविधिक जनशक्ति विकासमा हातेमालो गर्न उद्योग प्रतिष्ठानहरुलाई आग्रह गरे ।

उद्योग परिसर मै २२ दिन सम्म संचालन गरिएको तालिममा ४० जना प्राविधिकको सहभागिता थियो । समापनमा तालिमका प्रशिक्षक नारायण लामिछाने र सविन्द्र भण्डारीले जुट उद्योगमा कार्यरत जनशक्तिको सबलीकरणका लागि संचालिततालिमले सहभागिलाई आफनो जिम्मेवारी दक्षतापूर्वक संपन्न गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सैद्धान्तिक र व्यवहारिक गरी दुई सत्रमा संचालन गरिएको तालिम अवधिमा जुटका स्पिनिङ्गका आधारभूत ज्ञान, सीपका साथै पेशागत सरसफाईको महत्व, स्वास्थ्य, मेसिन ब्यवस्थापन लगायतको विषयमा समेटिएको उनीहरुले वताए ।

ईन्स्योर परियोजनासंगको सहकार्यमा यसअघि संगठनले विभिन्न उद्योगका प्रँविधिकहरुलाई एकै थलोमा राखी तालिम दिदै आएकोमा पछिल्लो समय सिकाईलाई थप प्रभावकारी वनाउन उद्योगको मागका आधारमा सम्वन्धीत उद्योगमै तालिम संचालन गर्न थालेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल