Birat Post आइतबार, जेठ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

इटहरी ,२० जेठ ।  सशस्त्र प्रहरीले सुनसरीमा स्रोत नखुलेको एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागेर चेकजाँच गर्दा सो नगद बरामद गरेको हो ।

कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकमसहित कार र चालकलाई पनि नियन्त्रणमा लिएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्नेमा हरिनगर गाँउपालिका–५ का अन्दाजी वर्ष ३७ का ईसा अन्सारी छन् ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेको पनि डीएसपी थापाले बताए । नगद, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा भइरहेको थापाले बताए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल