Birat Post बुधबार, जेठ १६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 विराटनगर ,१६ जेठ ।  नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्वो चयन हुनु भएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको दलको बैठकले दलको उप नेतामा मेन्याङ्वोलाई उप नेता चयन गरेको हो ।

यस अघि राम राना दलको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उप नेता हुनुहुन्थ्यो । राना आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उप नेताको जिम्मेवारी मेन्याङ्वोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक कमला दर्नालले बताउनु भयो ।

राना २०८० वैशाख २० गते एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा चयन हुनु भएको थियो । दलको उप नेतामा चयन हुनु भएका मेन्याङ्वो नेकपा एमाले पोलिटब्युरो सदस्य हुनुहुन्छ । उहाँ ताप्लेजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । यस्तै बैठकले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन ५ सदस्यीय कार्यदल बनाएको छ ।

संसदीय दलको बैठकले उप नेता तिलकुमार मेन्याङ्वोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा सचेतक कमला दर्नाल, प्रदेश सभा सदस्य तिलचन पाठक,इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी सदस्य हुनुहुन्छ ।

कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश सभामा पेस गर्ने बजेट नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर सुझाव दिने छ । कार्यदलले १८ गते सम्ममा सुझाव दिइसक्ने सचेतक कमला दर्नालले बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल