Birat Post मंगलबार, जेठ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 विराटनगर,१५ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।

१२ खर्ब ६० अर्ब रुपैयाँको राजस्वको आधार देखाएर अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट ६ दशमलव ८९ प्रतिशतले बढी हो ।

उक्त बजेट मध्ये १८ दशमलव ९४ प्रतिशत मात्रै पुँजीगत खर्चतर्फ छुट्टाइएको छ ।

सरकारले चालु चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब र पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब मात्रै बजेट विनियोजन गरेको छ ।

त्यसै गरी वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ५२ अर्ब छुट्टाइएको उल्लेख छ ।

उक्त खर्च व्यहोर्नका लागि राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड, वैदेशिक ऋणबाट दुई खर्ब १६ अर्ब र तीन खर्ब ३० अर्बको आन्तरिक ऋण रहने अर्थमन्त्री पुनले बताएका छन् ।

चालु आवको राजश्वको अवस्था हेर्दा ९ खर्बबाट नबढ्ने अवस्था रहे पनि अर्थमन्त्री पुनले आगामी वर्षका लागि १२ खर्ब बढीको राजश्व अनुमान प्रस्तुत गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल