Birat Post मंगलबार, जेठ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ बैशाख । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएको छ ।
विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुई टिमले २–२ अंक जोडेको छ ।

पहिलो खेलमा एलिटले दिएको ९९ रनको लक्ष्य फुलबारीले ५.५ ओभरमा विना क्षति पूरा गर्यो । फुलबारीका ओपन आलोक मञ्जयले अविजित १५ बलमा ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । खण्डक बोहराले २० बलमा ४८ रनको योगदान दिए । उनले ४ छक्का र ५ चौका हिर्काए ।

त्यसअघि पहिलो ब्याटिङ थालेको एलिटले निर्धातिर १० ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । अंकित गोस्वामीले १६ बलमा ३६ रन बनाए । सुशान्त मिश्रले १४ बलमा २४ रन पारी खेल्दा अभिषेक पलले १३ बलमा २० रन जोडे ।
फुलबारीका बलर भुवन कार्की, दिपक राज र एमडी कैफले समान १–१ विकेट लिए ।

दोस्रो खेलमा विराटसँग पूर्वाञ्चल पराजित
दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित भएको छ । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जसमा विराटका खालिद आलमले १२ बलमा २६ रन बनाए । सुर्दशन कुमारले २४ बलमा २४ रन बनाउँदा रवि रोयले ५ बलमा ८ रनको योगदान दिए ।

पूर्वाञ्चलका विकास लोहियाले २ मन्जित श्रेष्ठले १ विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्रै बनायो । जसमा पवन कुमारले १४ बलमा २८ रन, निराजन लड्डीले १५ बलमा २० रन र श्रवण यादवले ८ रन बनाए । विराटका आशुतोष सिंह, खालिद आलम र प्रतिक पोखरेलले समान २ –२ विकेट लिए ।
बाँसको खम्बामा अस्थायी फलड्लाईटको माध्यमबाट सुरु भएको दिवा रात्रीकालीन प्रतियोगिता लिकको आधरमा भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल