Birat Post शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने र संसदमा भएको धकेलाधकेलका विषय मुल मुद्धा रहेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै शुक्रबार ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ। त्यस अगावै वैठक डाकिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच ‘धकेलाधकेल’ भएको थियो।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ। छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल