Birat Post सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,३१ बैशाख ।
नेपाल शिक्षक संघको ३५औं वार्षिक उत्सवको अवसरमा मोरङका ८६ जना पूर्व शिक्षकलाई नेपाल शिक्षक संघले सम्मान गरेको छ। सम्मानित हुनेहरूमा महेश्वर दाहाल योगेन्द्र बहादुर कार्की टेकनारायण शाह गणेशप्रसाद पौडेल योगेन्द्र प्रसाद भण्डारी प्रेम कार्की कृष्णप्रसाद निरौला लगायतका शिक्षकहरु सम्मानित भएका हुन् । उनीहरूलाई दोसल्ला कदरपत्र फुलमाला अबिर ले सम्मानित गरिएको हो।

मोरङको बेलबारीमा आयोजित स्थापना दिवसको कार्यक्रमको अवसरमा नेपाल शिक्षक संघका सदस्यहरुले मानवीय सेवा रक्तदान समेत गरेका छन्। कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघ मोरङका अध्यक्ष विनोद कुमार यादवले गर्नुभएको थियो भने प्रमुख अतिथि तेज प्रसाद चौलागाई अध्यक्ष नेपाल शिक्षक संघ कोशी प्रदेश ले पानसमा दियो बालेर स्थापना दिवस शुभारम्भ गर्नुभएको थियो।

विशिष्ट अतिथिमा राष्ट्रिय परीक्षा बोर्ड विराटनगर शाखाका प्रमुख जीवन गडतौला नेपाल शिक्षक महासङ् मोरङ अध्यक्ष कुमार पोखरेलशिक्षक सङ्घ कोशी प्रदेश महासचिव मातृकाप्रसाद न्यौपाने ट्रेड युनियन कांग्रेस कोशी प्रदेश उपाध्यक्ष सुमन अधिकारी शिक्षक नेताहरू ऋषिकेश कोइराला शिवराज कोइराला सञ्जीव घिमिरे लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ मोरङ जिल्ला सचिव बेदुकुमार खतिवडाले गर्नुभएको थियो।

प्रमुख अतिथि तेज प्रसाद चौलागाईले वर्तमान शिक्षामा देखिएका तमाम समस्याहरू समाधान गर्न सरकारलाई आग्रह गरे। नेपाल सरकारले शिक्षक तथा शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न आनाकानी गरे देशभरिका शिक्षक आन्दोलनमा उत्रिने चेतावनी दिए । चाँडोभन्दा चाँडो संघीय शिक्षा ऐन २०८० संसदबाट पारित गरेर लागू गर्न आग्रह गरे।

सम्बन्धित

ताजा अपडेट
पूर्वमन्त्री प्रदीप नेपालको निधन
आजको मौसम : बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल