विराटनगर,२८ वैशाख । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासको लागि सबैदलहरुलाई साथमा लिएर हिड्ने वताएका छन् ।
शपथ ग्रहण पछि पहिलोपटक सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकोले सबैदलसँग सहकार्य गरि आगाडि वढ्ने र यसका लागि प्रयास जारी रहने बताए । कार्कीले आगामी तीन दिनभित्र थप एक ÷दुई दल सरकारमा सहभागी हुने जानकारी दिए ।
वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएको भन्दै त्यही अनुसार संचालन हुने र अहिले उठेका विभिन्न प्रश्नहरुको जवाफ दिने बताए ।
मुख्यमन्त्री कार्कीले नेपालको संविधान र कानून अनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ भन्दै कानून र संविधान भन्दा माथि र वाहिर कोही नभएको बताए । जनताको विश्वास उठाउने गरी सरकारले बार्षिक नीति तथा कार्यक्रम एवं बजेट ल्याउने समेत बताए ।