Birat Post शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,२१ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख  परशुराम खापुङ्गलाई मुख्य न्यायाधिवक्ताले वार्षिक प्रतिवेदन वुझाएका छन् ।
प्रदेश प्रमुख खापुङ्गलाई  मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले  मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजिम कार्यालयको  आर्थिक वर्ष  २०७९/ ८० को बार्षिक प्रतिवेदन वुझाएका हुन् ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै लोकतन्त्र, गणतन्त्र र संघीयतालाई बलियो बनाउन विधिको शासन महत्वपूर्ण हुने भन्दै  मुख्य न्यायाधिवक्ताको कार्यालयको काम कारवाहीले यस कार्यलाई मद्दत पु¥याएको बताए ।  उनले नेपालको संविधानले कल्पना  गरे अनुसारको  कार्यालयले पालिकास्तरसम्म कानुन निर्माण सम्वन्धी कार्यक्रम संचालन गर्नु महत्वपूर्ण कार्य  रहेको उल्लेख गरे ।
प्रदेश प्रमुख खापुङ्गले कार्यालयले संविधान एवं प्रचलित कानून  वमोजिम भूमिका निर्वाह गरेकोमा प्रंशसा समेत व्यक्त गरे ।
सो अवसरमा प्रतिवेदन पेश गर्दै मुख्य न्यायाधिवक्ता कोइरालाले प्रदेशमा  कानूनको प्रभावकारी कार्यान्वयन गर्नका लागि कानूनी साक्षरता तथा कानून निर्माण क्षमता अभिवृद्धि कार्यक्रम प्रदेशका नौ जिल्लामा  सञ्चालन गरेको जानकारी दिए ।
कार्यालयले आव २०७९/८० मा जिम्मेवारी सरी आएको र सोही वर्ष दर्ता भएको मुद्दा सङ्ख्या १५५ मध्ये फर्छ्र्र्यौट भएको  मुद्दा ४५ र वाकी रहेको मुद्दा सङ्ख्या ११० रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल