जनकपुरधाम ,२१ बैशाख । जन्मकैदको सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्। मधेस प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै लोसपाका संसदीय दलका नेतासमेत रहेका शर्माको निलम्बनमा परेको जनाएको छ।
उनी निलम्बित भएसँगै मधेस प्रदेशसभामा १०६ जना प्रदेशसभा सदस्य कायम भएका छन्। गत मंसिर २८ गते लोसपाका मधेस प्रदेश संसदीय दलका नेता शर्मासहित ७ जनालाई जिल्ला अदालत महोत्तरीले जन्म कैदको सजाय सुनाएको थियो। सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संग्लन रहेको भन्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको हो।
सो घटनामा प्रत्यक्ष संग्लन रहेको शर्मासहित प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही भनिने राम शंकर शाही र सुरेश पाण्डेलाई जन्म कैदको सजाय सुनाइएको छ।