विराटनगर,२७ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले प्रमुख सचेतकमा सांसद गोपाल तामाङलाई नियुक्त गरेका छन् । झण्डै ६ महिनायता रिक्त रहेको कांग्रेसको प्रमुख सचेतकमा दलका नेता थापाले तामाङलाई नियुक्त गरेका हुन् ।
प्रमुख सचेतकमा नियुक्त भएका तामाङ झापाका हुन् । तामाङ झापाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित सांसद हुन् ।थापाले तामाङलाई प्रमुख सचेतक नियुक्ति गरेको जानकारी प्रदेश सभा सचिवालयमा समेत गराएका छन् । नेपाली कांग्रेस संसदीय दलमा तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राई रहेका थिए । उनको ठाउँमा दलका नेता थापाले तामाङलाई नियुक्त गरेका हुन् ।