Birat Post सोमबार, चैत्र २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ चैत । कोशी प्रदेश सरकार अल्पमतमा रहेको प्रदेशसभाबाट सिद्ध गर्ने उद्देश्यसहित विषेश अधिवेशन बोलाउन लागेको तयारीपछि मुख्यमन्त्री केदार कार्कीले त्यसलाई छल्न नियमित अधिवेशन बोलाउने निर्णय गराएका थिए ।

नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर नेकपा एमालेसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीसँगै मुख्यमन्त्री अल्पमतमा रहेको प्रदेशसभामा प्रमाणित गराउन विषेश अधिवेशन बोलाउने निर्णय गरेका थिए । तत्काल बोलाउन लागिएको विषेश अधिवेशन छल्न मुख्यमन्त्री कार्कीले सोमबार हतारहतार आगामी जेठमा संसदको नियमित अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषदबाट गराए ।

सोमबार ४ः०० बजे माओवादी र एमालेका सांसदहरु सरकारलाई दिएको समर्थन फिर्ता, सरकारलाई दिएको विश्वासको मत प्रदेशसभाबाट फिर्ताको पत्रको बोधार्थ, सरकारलाई विषेश निर्देशन दिनुपर्ने भन्दै विषय अधिवेशनको आह्वान र बैकल्पिक सरकार गठनको लागि बहुमत रहेको दावीसहितको चार वटा फायल बोकेर प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका थिए ।

हाम्रो मत डटकमले लेखेको छ , एमाले र माओवादीका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुग्दा मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरे मुख्यमन्त्रीको पत्र पुगेर प्रदेश प्रमुखकोमा पुगेका थिए । मुख्यमन्त्रीको पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान पल्टाउन थाले । उनको कार्यकक्षमा पुगेका पत्रकार र सांसदहरु मुख्यमन्त्रीले प्रदेशसभा विघटनको सिफारिस पठाएको आशंकासमेत गर्दैथिए । लगत्तै प्रदेश प्रमुखले पत्र घिमिरेलाई नै फिर्ता गरिदिएर एमाले र माओवादीका सांसदलले लगेको पत्र बुझ्न थाले ।

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार घिमिरे सरकारले आगामी जेठ ११ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्ने पत्र बोकेर प्रदेश प्रमुखकोमा पुगेका थिए । तर, पत्रमा मिति भने २०८० जेठ ११ गते उल्लेख थियो । २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्नुपर्नेमा पत्रमा २०८० उल्लेख गरेको पाइएपछि प्रदेश प्रमुख खापुङले पत्र नै फिर्ता गरिदिएका थिए ।

एमाले र माओवादीका ५२ सांसदले विषेश अधिवेशन बोलाउन समावेदन दर्ता गरेको केहि समयपछि मुख्यमन्त्री कार्कीको पत्र सच्चिएर प्रदेश प्रमुखको कार्यालयमा पुगेको थियो । मुख्यमन्त्रीले २०८१ जेठ ११ गते प्रदेशसभाको नियमित बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्र पठाएका छन् ।

एमाले र माओवादीले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख पर्शुराम खापुङलाई निवेदन दिइसकेपछि मुख्यमन्त्री कार्कीले नियमित अधिवेशन बोलाउन पठाएको पत्र सच्याएर प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो ।

एमाले र माओवादीको निवेदनमा ‘कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री ज्यू र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई सङ्कल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन तथा अन्य प्रदेश सरकारी अङ्ग तथा निकायलाई समेत निर्देशन वा सन्देश दिन तत्काल प्रदेशसभाको अधिवेशन वा बैठक बोलाउन अत्यन्त आवश्यक देखिएको हुँदा माननीय ज्यूबाट नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम यथाशीघ्र प्रदेशसभाको अधिवेशन वा बैठक बस्ने मिति र समय तोकी पाउन वाञ्छनीय भएकोले हामी तपसिलका सदस्यहरूले यो लिखित निवेदन पेस गरेका छौँ,’ भनिएको छ ।

सम्बन्धित

ताजा अपडेट
अध्यादेशबाट देश चलाउनु गलत हो : डा.शेखर कोइराला
हिरो मोटरसाइकलको एक्सट्रिम सिरिजका दुई मोडलको ‘ग्राण्ड लन्चिङ’
हिसान मोरङले खेलसप्ताह आयोजना गर्दै, करिव १७ सय विद्यार्थी सहभागी गराईने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल