विराटनगर,२५ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समिकरणका नाममा काण्ड लुकाउने र प्रमाण नष्ट गर्ने काम भइरहेको आरोप लगाएका छन् । अहिलेको सत्ता समिकरण त्यहीँ हो, जसले काण्ड लुकाउने र नष्ट गर्ने काम गरिरहेको छ ।
विराटनगरमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियनको ११ औं केन्द्रीय परिषद् भेलाको उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गुरुङले केही समय यता आएको राजनैतिक विचलन र घटनाक्रमले राम्रो संकेत नगरेको बताए । सत्तासमिकरणका नाममा भित्रभित्रै भइरहेका गलत क्रियाकलापका विरुद्ध पार्टी भित्र र बाहिर पनि हामी बोलिरहेका छौ ,यो अझ बुलन्द बनाउन आवश्यक छ ।
यस्तै उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले भने, ‘ कांग्रेसले मात्रै नागरिकको आवाज बोक्न सक्छ । यो कुरा हामीले गरेरै देखाउन आवश्यक छ ।’
गुरुङले कांग्रेसमा भइरहेको हजुरिया प्रथा हटाउन आफ्ना अग्रजहरुले गरेका गल्तीका विषयमा वोल्न पनि आग्रह गरे । उनले भने, ‘काग्रेसका नाममा गलत काम गर्ने छुट कसैलाई छैन,कलङ्कितहरु कांग्रेस हुन सक्दैनन् ,तिनलाई ठेगान लगाएर अव सुद्धिकरणको बाटोमा जानुपर्छ ।’
प्राधिकरण कर्मचारीहरु :