लुम्बिनी ,२५ चैत ।
बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको कार्यक्रममा उपस्थिति थियो ।
ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्ने बताइएको छ । पूर्वीय संस्कृतिको प्रयोग तथा सम्वद्र्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयमा उपयुक्त पाठ्यक्रम र तालिमका लागि जनशक्ति तयार गर्ने संकल्पका साथ लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सव समापन भएको छ ।