Birat Post बुधबार, चैत्र २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

 कौशल निरौला

काठमान्डौं विश्वविद्यालय र स्वीजरल्याण्डको इटिएच जुरिज विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली सुधार प्रयोगशाला कार्यक्रममा सहभागी ७ वटा समुहहरुमध्येको कोशी समुहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा नँया अवधारणा अघि सारेको छ । गत बैशाख महिनामा काठमान्डौं विश्वविद्यालयबाट प्रकाशित सूचना बमोजिम विभिन्न शिक्षालय, कार्यालय, मन्त्रालय, स्थानीय तह र विभिन्न परियोजना समेतमा प्राविधिक शिक्षाको क्षेत्रमा कार्य गर्ने व्यक्तित्वहरुको समुह बनाइ आफ्नो रिफर्म केस सहित प्रस्तावना पेश गर्ने विभिन्न समुह मध्ये छनौट भएका ७ समुह मध्ये कोशी आई ल्याव समुह पनि एक हो । यसले कोशी प्रदेशको प्रतिनिधित्व गर्दछ ।

समुहका सदस्यहरुमा कोशी प्रदेशका बिना सुब्बा, नारद राई, डा.शिव दाहाल, लवकुमार यादव, गोपालप्रसाद दाहाल, लक्ष्मी न्यौपाने, प्रतिक्षा गजुरेल र अजिप चापागाँई रहेका छन् । यो समुहमा दिक्षित व्यक्तिहरु रहेको हुदा कोशी प्रदेशले प्राविधिक तथा व्यवसायीक शिक्षाको गुणस्तर अभिबृद्धीमा समेत लाभ लिन सक्छ । किनकी यसको उदेश्य प्राप्ति भनेकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन, गुणस्तरीय शिक्षा र पाठ्यक्रमले तोके बमोजिम अनिवार्य प्रयोगात्मक अभ्यास गरेर अगाडि बढ्नु हो । यसको लागि यो समुहले कक्षाकोठा सुधार अवधारणालाई अगाडि बढाएको छ । परम्परागत रुपमा रहेका प्राविधिक शिक्षा ,पढाइ हुने कक्षाकोठालाई सुधार गरेर प्राविधिक शिक्षाको विषय बमोजिमका न्युनतम् सामाग्रीहरुको व्यवस्थापन, बुक कर्नरको व्यवस्था, विद्यार्थीको बसाइका लागि फर्निचरमा परिवर्तन, प्रत्येक कक्षाकोठामा इन्ट्रयाकटीभ प्यानल बोर्ड अथवा स्मार्ट बोर्डको व्यवस्था, शिक्षक र विद्यार्थीबीचको दूरी, हावा ओहोर दोहोर गर्ने र प्रकाश सहितको कक्षाकोठा लगायत विविध कुराहरुमा जोड दिएको छ ।

आइ ल्याव समूहले कोशी प्रदेशमा नमूनाका लागि १० वटा प्राविधिक विद्यालयमा काम गर्ने भएको छ । ती विद्यालयले छिट्टै नै कम्तीमा एउटा कक्षा कोठालाइ आइ ल्यावको अवधारणा अनुरुप मोडल कक्षा तयार पार्नेछन् । यो कक्षा हाल भइरहेका कक्षा कोठाभन्दा फरक अनुभूती गर्न सकिने छ । जसका कारण सिकाइ प्रक्रिया पनि प्रभावकारी हुने विश्वास गरिएको छ ।  सो मोडेलको कक्षाकोठा प्रवेश गरे संगै कुन विषयको पढाइ हुने हो भनेर सहजरुपमा बुझ्न सकिनेछ । हाल भइरहेका कक्षा कोठामा भने समुहगत सिकाइ तथा परियोजना कार्य गर्न निकै कठिन हुने गरेको छ ।

विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापनका लागि हाल बजेट नहुने भएकाले यस्ता कक्षाकोठा व्यवस्थापनका लागि बजेट विनियोजन गरी शिक्षालयहरुलाई उपलब्ध गराउन पनि यो समुहले ठूलो भुमिका खेलेको छ । मातहतका मन्त्रालय र स्थानिय पालिकाहरुसंगको समन्वयमा यसलाई अझ प्रभावकारी गराउने काम यो समुहले गरिरहेको छ । गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने र विद्यार्थी आकर्षणका लागि समेत टेवा पुग्ने विश्वाश यो समुहले लिएको र यसलाई पालिका तथा सबै क्षेत्रले सकारात्मक रुपमा लिएको पनि पाइएको छ । अझै यसलाई बुझ्नका लागि यसरी पनि हेरौ ।

आइल्याव के हो ?

काठमान्डौं विश्वविद्यालय र स्वीजरल्याण्डको इटिएच जुरिज विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा सुधार प्रणाली प्रयोगशाला कार्यक्रम हो । यसले प्राविधिक तथा व्यवसायीक शिक्षा सुधारका लागि काम गरिरहेको छ ।

कोशी आइल्याव छनौट भएपछि के कस्ता काम गरिरहेको छ? 

देशभरवाट छनौट भएका ७ समुह मध्ये कोशी आई ल्याव समुह पनि एक हो । यसले कोशी प्रदेशका विभिन्न प्राविधिक तथा व्यवसायीक कार्यक्रम सञ्चालन गर्ने शिक्षालय एवं यस संग सरोकार राख्ने विभिन्न संघ संस्था,एसोसिएसन,स्थानीय निकायहरु संग समन्वय गरी कक्षाकोठा सुधार अवधारणाहरु राखेर अभिप्रेरित गरिरहेको छ । हाल सम्म कोशी प्रदेशमा नमूनाका लागि १० वटा प्राविधिक विद्यालयमा यो अवधारणा अनुरुपम प्रत्यक्ष काम गरिरहेकोछ । ती विद्यालयहरुमा नर्सिङ,सिभिल,इलेक्ट्रिकल तथा कृषि कार्यक्रमकालागि आइ ल्यावको अवधारणा अनुरुप मोडल कक्षा तयार पार्नेछन् । यो कक्षा हाल भइरहेका कक्षा कोठाभन्दा फरक अनुभूती गर्न सकिने छ । जसका कारण सिकाइ प्रक्रिया पनि प्रभावकारी हुने विश्वास गरिएको छ ।

हाल भइरहेका र हुने कामहरु के के हुन् त ?

हाल यो अवधारणालाई धेरैले सकारात्मकरुपमा लिएका कारण कोशी प्रदेशका धेरै शिक्षालयहरुमा नमुनाकारुपमा कक्षा कोठा निर्माण हुने भएको छ । यसलाई स्थानीय तहका सरकारहरुले अझ सकारात्मकरुपमा लिदै कार्यक्रमा बजेटनै विनियोजन गरिसकेका छन् । बुढिगंगा गाउँपालिका वडा नं –१ ले नरग्राम माध्यमिक विद्यालयमा कृषि विषयको मोडेल कक्षाकोठा निर्माणका लागि रु ३ लाख छुट्टाएको छ । यस्तै सोही गाउँपालिकाको वडा न.–३ ले श्रीजनप्रिय मा.विका लागि ३ लाख रुपैया छुट्टाएको छ । नमूनाका लागि १० वटा प्राविधिक विद्यालय प्रतिवद्धता सहित अगाडि बढेका छन् । मन्त्रालयहरुले पनि विभिन्न विद्यालयहरुलाई बजेट विनियोजन गरेको छ ।

 यी माथिका सवै विषयवस्तु शैक्षिक सुधारका लागि पिलरकारुपमा अगाडि बढ्ने अपेक्षा गर्न सकिन्छ । यसका लागि विभिन्न समुह तथा एसोसिएसनहरुले आइल्याव समुहलाई सहयोग गर्ने प्रतिबद्धता पनि गरेको छ । हालै मात्र दमकमा रहेको लाइफलाइन हस्पिटल प्रा.लि.ले आफ्नो शिक्षालयमा आइल्याब कोशी समुहको अवधारणा अनुरुप एउटा कक्षाकोठा निर्माण सम्पन्न गरी कक्षा सञ्चालन गरेको छ । यी सवै कुराले शिक्षा सुधारको सिकाइ उपलब्धीमा उल्लेखनिय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यसखाले राम्रा कामलाई हामी सवैले प्रोत्साहन गर्न आवश्यक छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल